sevenstartv.com २६ जेठ २०८३, मङ्गलवार

नेपाल बङ्गलादेशसँग पराजित

१९ चैत २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । साफ यु–२० च्याम्पियनसीप सेमिफाइनल खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।

 माल्दिभ्सको मालेमा रहेको नेशनल स्टेडियममा भएको खेलमा नेपाल बङ्गलादेशसँग १–० गोलले पराजित भएको हो ।  जीतसँगै बङ्गलादेश लगातार तेस्रो पटक फाइनल पुगेको छ । नेपाल सन् २०२५ को सेमिफाइनलमा पनि बङ्गलादेशसँगै पराजित भएको थियो । हिजो भएको अर्को सेमिफाइनल खेलमा भारतले भुटानलाई ५–० गोलले हराएको छ ।  

अब फाइनलमा भारत र बङ्गलादेश खेल्नेछन् । फाइनल खेल भोलि राति हुनेछ । समूह ‘ए’ मा रहेको नेपालले समूह चरणमा श्रीलङ्का र भूटानलाई हराएको थियो भने घरेलु टोली माल्दिभ्ससँग बराबरी खेलेको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्