sevenstartv.com २० वैशाख २०८३, आइतवार

निरन्तरको झरीमा पनि सहकारी पीडितहरुको प्रदर्शन

१६ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

विभिन्न सहकारीबाट ठगिएका बचतकर्ताहरू काठमाडौंको शान्तिवाटीकामा भेला भएर प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले सहकारी ठगि गर्ने संस्था र संस्थाका अध्यक्षको तस्वीरहरू ब्यानरमा राखेर काठमाडौंको मुख्य सडकमा प्रदर्शन गरेका हुन् । सहकारी पीडितले आफ्नो पीडाहरू ब्यानरमा लेखेर प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘मेरो छोराछोरी पढ्ने पैसा सहकारीमा छ’, ‘सहकारी पीडितको घरमा भात तिहुन पाक्दैन, सुशासनको कुरा गरेर सरकार कहिल्यै थाक्दैन, गरिबको खुन पसिनाको कमाइ सहकारीले खाइदियो लुटेर, श्राप लाग्नेछ तिमीहरूलाई निमुखाको मुखु कलेजो नखाऊ भुटेर’ लगायतका ब्यानर बोकेका थिए ।

लगातारको झरीमा पनि सहकारी पीडितहरू भने काँखे बालक च्यापेर पानीमा रुझ्दै प्रदर्शनमा सहभागी भएका थिए । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्