कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग भेट गरेर संसद पुनःस्थापनाको रिटलाई पेशीमा चढाउन आग्रह गर्ने कार्यक्रम स्थगित भएको छ ।
विघटित प्रतिनिधि सभाको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले विशेष कारणले अदालत जाने कार्यक्रम स्थगित भएको बताउनुभएको हो । उनीहरू हिीबार बिहान १० बजे सर्वोच्च जाने तयारीमा थिए । निर्वाचनको समयमा पुनस्थापनाको बारेमा ध्यानाकर्षण गराउँदा पार्टीको माहोल बिग्रने देखिएका कारण सोही कार्यक्रम स्थगित भएको नेताहरूले बताएका छन् ।
