कोशीमा प्रदेशमा ८१ प्रतिशत मत खस्यो
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत कोशी प्रदेशमा ८१ प्रतिशत मतदान सकिएको छ । बिहान ९ बजेदेखि भएको मतदानमा स्थानीय तहका २२० जना र प्रदेशसभाका ७१ जनाले मतदान गरिसकेका छन् ।
कोशी प्रदेशमा ९२ जना प्रदेश सांसद र २६७ जना पालिकाका प्रतिनिधि मतदाता छन् । कोशी प्रदेशमा ३ पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । अन्य तर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिल थापा भने निर्विरोध भइसकेका छन् । बाँकी दुई पदमा चार जनाको प्रतिस्पर्धा हुँदै छ ।
५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्य नयाँ आउने व्यवस्था छ । जसअनुसार यस पटक निर्वाचनबाट १८ जना राष्ट्रियसभामा जानेछन् ।
