sevenstartv.com ११ माघ २०८२, आइतवार

गण्डकीमा सुरु भयो मतदान

११ माघ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत गण्डकीमा मतदान सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन सुरु भएको हो । पहिलो मतदाताका रूपमा एमाले नेता तथा प्रदेश सांसद खगराज अधिकारीले मत दिए ।

गण्डकीमा २ पदका लागि ६ जना उम्मेदवार छन् । कांग्रेस र एमालेको गठबन्धन रहेको यहाँ कांग्रेसले अन्यमा जगत तिमिल्सिना र एमालेले महिला क्लष्टरमा सम्झना देवकोटा उम्मेदवार छन् । नेकपाबाट अन्यमा कपिल लामा र महिलामा गोमा घिमिरे रुची, राष्ट्रिय जनमोर्चाबाट अन्यमा शंकर बराल र महिलामा लक्ष्मी बास्कोटा उम्मेदवार छन् । 

गण्डकीमा १ सय ६९ जना स्थानीय तहका जनप्रतिनिधि र ५९ जना प्रदेश सांसद मतदाता छन् । ३ बजेसम्म मतदान सकेर ४ बजेभित्रै परिणाम सार्वजनिक गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्