sevenstartv.com १० माघ २०८२, शनिवार

निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको सुझाव

१० माघ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले निर्वाचनको समयमा कार्यकर्ताको मनोबल खस्किने खालका प्रतिक्रिया नदिन नेतृत्वलाई सुझाव दिएका छन् । 

टिकट वितरणको सवालमा अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लक्षित गरेर पाण्डेले यस्तो सुझाव दिएका हुन् । उनले निर्वाचनको यस संवेदनशील घडीमा पार्टीलाई एकढिक्का बनाउनु मुख्य जिम्मेवारी भएको तर्क गरे । 

उनले यस्तो बेला नेतृत्वका अभिव्यक्तिहरूले कार्यकर्ताको मनोबल घटाउने नभई बरु सबैलाई जोड्ने ऊर्जा प्रदान गर्नुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले एमालेका केही प्रभावशाली नेतालाई जित सुनिश्चित नभएकोले टिकट नदिएको टिप्पणी गरेका थिए । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्