बागलुङ क्षेत्र नम्बर १ मा राप्रपाका तर्फबाट कल्याण विक्रम आचार्यकाे उम्मेदवारी
काठमाडाैं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट कल्याण विक्रम आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । ३१ बर्षिया आचार्य सबैभन्दा कान्छा युवा उमेद्वार हुन् । ११ जना उमेद्वारहरु मध्ये कल्याण सबैभन्दा कान्छा हुन भने उनीभन्दा मंगोल नेशनल अर्गनाईजेसनकी उमेद्वार गुमा कुमारी बुढा राना ३४ बर्षकी हुन् । रास्वपाबाट उमद्वार बनेका शुशिल खड्का ३९ बर्षका हुनभने अरु सबै उमेद्वार ४० बर्षमाथीका उमेद्वार हुन् ।
राप्रपाको प्रचार–प्रसार विभाग संयोजकको जिम्मेवारी सम्हालिरहेका आचार्यले मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । युवा तथा बौद्धिक व्यक्तित्वको छवि बनाएका आचार्य यस निर्वाचनमा राप्रपाका कान्छा उम्मेदवारका रूपमा चर्चामा छन् ।
राप्रपाले निर्वाचनमा युवा नेतृत्वलाई अघि सार्ने नीति अघि सारेको छ । सोही नीति अनुरूप पार्टीले आचार्यलाई बागलुङ–१ को चुनावी मैदानमा उतारेको हो । जैमिनी नगरपालिका, १ कुश्मीशेरा घर भएका आचार्य राप्रपाबाट चर्चित युवा मध्ये टिकट पाउने निकै कम मध्येका एक हुन् ।
