sevenstartv.com २१ वैशाख २०८३, सोमवार

टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा

८ माघ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा आफ्नो दोश्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ९ बजे शुरु हुनेछ । यसअघि पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो ।

नेदरल्यान्ड्सले भने लगातार दुई खेल जितेको छ । १० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन् ।

‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्