sevenstartv.com २१ वैशाख २०८३, सोमवार

देउवा पक्षको रिटमा अन्तरिम आदेश आएन

६ माघ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादलाई लिएर शेरबहादुर देउवा पक्षले दायर गरेको रिटमा सर्वोच्चले आज अन्तरिम आदेश दिएन । योसँगै निर्वाचन आयोगकै निर्णय अनुसार तत्लका लागि गगन थापा नेतृत्वको कांग्रेसलाई बाटो खुलेको छ ।

तत्कालीन सभापति शेरबहादुर देउवा र कावा सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटउपर आज सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो ।अन्तरिम आदेश दिनेरनदिने निर्णय गर्नुअघि पोखरेलको इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापा नेतृत्वको कार्य समिति अद्यावधिक गरिसकेको छ । सोही निर्णयबमोजिम गगनले पार्टीका १६५ क्षेत्रकै उम्मेदवार टुंग्याएका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्