sevenstartv.com २१ वैशाख २०८३, सोमवार

सल्यानमा राप्रपाबाट अनिशा नेपालीको उम्मेदवारी दर्ता

६ माघ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेता अनिशा नेपालीले सल्यानबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् । 

मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेपालीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएकी हुन् । आफ्नो चुनाव चिह्नमा मतदान गरेर विजयी बनाउन उनले सल्यानका मतदातालाई आह्वान गरेकी छन् ।

नेपाली २०७९ को प्रतिनिधिसभा चुनावमा समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी थिइन् । सल्यानमा नेकपाबाट रमेश मल्ल, कांग्रेसबाट केशबहादुर विष्ट, एमालेबाट गुलाबजंग शाह र रास्वपाबाट ललित चन्द चुनावी प्रतिस्पर्धामा छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्