sevenstartv.com ९ माघ २०८२, शुक्रवार

रास्वपाका शैलेश सिंहले दिए बझाङबाट उम्मेदवारी

६ माघ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बझाङबाट रास्वपाका शैलेशकुमार सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।

समर्थकका साथ बाजागाजा र जुलुससहित उनी मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । बझाङमा योसँगै पाँच दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि एमालेका ऐनबहादुर महर, नेकपाका मिनबहादुर कुँवर, राप्रपाका विश्व जेठारा र नेमकिपाका दलबहादुर धामीले उम्मेदवारी दर्ता गराइसकेको निर्वाचन मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्