कांग्रेस संसदीय बोर्ड बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार टुंगो लगाउन सभापति गगन थापाले संसदीय बोर्डको बैठक बोलाएका छन् ।
बिहान ११ बजेदेखि बैठक बस्ने भएको हो । सबै पक्षलाई मिलाएर टिकट बाँड्ने निश्चित भएको छ । संसदीय बोर्डमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र ८ सहमहामन्त्री छन् ।
निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा।शेखर कोइराला पक्षलाई मिलाएर टिकट वितरण गर्ने गरी नेताहरु हिजोदेखि संवादमा जुटेका छन् ।
