sevenstartv.com ९ माघ २०८२, शुक्रवार

बालेन शाह रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुने

४ माघ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०को केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन् । काठमाडौं महानगरको प्रमुखबाट राजीनामा दिएर रास्वपा बैठकमा सहभागी हुने चर्चा भए पनि उनी राजीनामा नदिई बैठकमा सहभागी हुन लागेका हुन् । 

रास्वपाले आइतबार दिउँसो २ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक बस्नुअघि बालेन १ बजे केन्द्रीय कार्यालय वनस्थली पुग्ने कार्यक्रम रहेको प्रवक्ता मनिष झाले जानकारी दिए । बैठक सकिए लगत्तै सभापति रवि लामिछाने र वरिष्ठ नेता समेत रहेका बालेन लगायत नेताहरू साँझ मधेस प्रदेशको राजधानी जनकपुर जाने कार्यक्रम रहेको छ । 

रास्वपा र बोलन समूहबिच पुस १३ गते एकता भएको थियो । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले झापा–५ बाट उम्मेदवारी दिने तयारी गरेका छन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्