sevenstartv.com ९ माघ २०८२, शुक्रवार

एमालेले गर्याे बागलुङ क्षेत्र नं. १ बाट जिल्ला अध्यक्ष हिरा बहादुर केसीलाई उमेदवार चयन

४ माघ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेले बागलुङ क्षेत्र नं. १ बाट जिल्ला अध्यक्ष हिरा बहादुर केसी र बागलुङ क्षेत्र नं.२ बाट केन्द्रीय सदस्य मञ्जु चालिसेलाई उमेदवार चयन गरेको छ ।

एमालेको शनिवार सम्पन्न सचिवालय वैठकले क्षेत्र नं। १ बाट केसीलाई उमेदवार बनाउने निर्णय गरेको हो । निर्वाचन क्षेत्रीय समन्वय कमिटिले केसी सहित मन कुमारी केसी जिसी र इन्द्रलाल सापकोटालाई उमेदवारका लागि सिफारिस गरेको थियो ।

त्यसैगरी बागलुङ क्षेत्र नं. २ बाट केन्द्रीय सदस्य मञ्जु चालिसेलाई उमेदवार बनाउने निर्णय गरेको छ । क्षेत्रीय समन्वय कमिटिले चालिसेको मात्र नाम सिफारिस गरेको थियो ।

बागलुङ क्षेत्र नं. १ का उमेदवार केसी २०७० को दोस्रो संविधानसभा निर्वाचन र २०७९ को प्रदेशसभा अन्तरगत बागलुङ क्षेत्र नं. १ (क) मा उमेदवार बनेका थिए।उनि दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका उमेदवार हरि बहादुर खड्का र प्रदेशसभा निर्वाचनम नेपाली कांग्रेसकै दिपेन्द्र बहादुर थापासंग केसी पराजित भएका थिए। क्षेत्र नं. २ का उमेदवार चालिसे २०७९ को संसदीय निर्वाचनमा गठबन्धनका उमेदवार देवेन्द्र पौडेलसंग प्रतिस्पर्धा गरी पराजित भएकी थिइन ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्