sevenstartv.com ९ माघ २०८२, शुक्रवार

तोकिएकै मितिमा निर्वाचन हुन्छ : राष्ट्रपति पौडेल

२ माघ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएकै मितिमा निर्वाचन हुने बताएका छन् ।

बागलुङ नगरपालिका वडा न. १२मा रहेको त्रिभुवन माध्यामिक विद्यालयको हिरक जयन्तीका अवसरमा बिहिबार राष्ट्रपति पौडेलले आगामी फागुन २१ गते नै निर्वाचन हुने बताएका हुन्  ।

उनले भने, ‘आगामी फागुन २१ गते नै निर्वाचन हुन्छ ।’ उनले भने–‘त्यसकोलागि सघाउन राजनीतिक दल, नागरिक सबैमा अनुरोध गर्दछु ।’

उनले आफ्नो भाषणमा बागलुङको विभिन्न विषय बारे चर्चा गरेका थिए । बागलुङ आफ्नो राजनीतिक करियरको दोस्रो घर भएको बताउँदै उनले पञ्चायति व्यवस्था विरुद्धको आन्दोलनका क्रममा आफु बागलुङमा जेल जीवन बिताएको स्मरण गरे ।

बागलुङ धार्मिक, प्राकृतिक र सांस्कृतिक रुपमा धनि रहेको उल्लेख गर्दै धौलागिरी अञ्चलको सदरमुकाम रहेको बताए ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्