आफ्नो भूमिकामा फर्किन नेतालाई कांग्रेसको आह्वान
काठमाडौं । नेपाली कांग्रेसले पाँच वर्षे निष्कासनमा परेका महामन्त्रीद्वय गगन थापा, विश्व प्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मनसुरबाहेक अरू सबै नेतालाई आफ्नो जिम्मेवारीमा फर्किन आह्वान गरेको छ ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले तीन नेतालाई निष्कासनको घोषणा गर्दै अरूलाई पूर्व जिम्मेवारीमा फर्किन आह्वान गरेको हो ।
