निष्पक्ष तथा धाँधलीरहित निर्वाचन गराउने गृहमन्त्रीकाे प्रतिबद्धता
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निष्पक्ष तथा धाँधलीरहित निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जनकपुरधाममा आयोजित मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सो कुरा बताउनुभएको छ । उहाँले वर्तमान सरकार निर्वाचन गराउने म्यान्डेट लिएर बनेको सरकार रहेकाले निष्पक्ष निर्वाचन गराई छोड्ने प्रतिबद्धता समेत व्यक्त गरेका हुन् ।
उनले स्वतन्त्र व्यक्तिहरूको नेतृत्वमा बनेको सरकारले दलीय पक्षधरता नराखी निर्वाचन गराउने प्रतिबद्धता समेत व्यक्त गरे । देशमा निर्वाचनको माहौल निर्माण भइसकेको दाबी गर्दै गृहमन्त्री अर्यालले यसका लागि नागरिक तथा त्यसभित्र पनि जेनजी पुस्तासँग सहकार्य गरेर सरकार अगाडि बढिरहेको जिकिर गरेका छन् ।
