sevenstartv.com ९ माघ २०८२, शुक्रवार

कांग्रेसको विशेष महाधिवेशन :बिहान १० बजेदेखि बन्दसत्र

२८ पुष २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं ।  नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान १० बजेदेखि हुने भएको छ । 

बिहान ८ बजेदेखि दर्ता र खाजाको क्रम सुरु हुनेछ भने १० बजेदेखि बन्दसत्र चालु हुनेछ । विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या दुई हजार ६६२ पुगेको छ । यो भनेको कूल महाधिवेशन प्रतिनिधिको ५६.१२ प्रतिशत हो । असोजमा विशेष महाधिवेशनको माग गर्दा ५४ प्रतिशत प्रतिनिधिहरुको हस्ताक्षर थियो ।

दर्ताको फाइल उद्घाटन सत्र सकिएसँगै बन्द गरी रात्रिको खानाको क्रम चलेकाले आइतबारका लागि दर्ता बन्द भएको हो । यति नै भनेर यकिन नभए पनि थुप्रैको संख्यामा प्रतिनिधिले आइतबारको उद्घाटनका कारण दर्ता नगरेको पाइएकाले सोमबार बिहान ८ बजेदेखि पुनः दर्ता प्रक्रियाले निरन्तरता पाउने भएको हो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्