लुसिफर र नक्कली हिरोको संज्ञासहित बालेन र कुलमानलक्षित महेश बस्नेको टिप्पणी
काठमाडौं । नेकपा एमाले सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङमाथि कडा टिप्पणी गरेका छन् । एमाले सचिवालय बैठकपछि मंगलबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले बालेनलाई लुसिफर र कुलमानलाई नक्कली हिरोको संज्ञा दिएका हुन् ।
उनले बालेन शाह अन्तर्राष्ट्रिय शक्तिको आडमा आन्दोलन हाइज्याक गर्ने, संसद विघटन गराउने र लोकतन्त्र हरण गरी सेनाको हातमा सत्ता सुम्पन खोज्ने योजनाकार भएको आरोप लगाए । बालेनका सामाजिक सञ्जाल स्टाटसहरूले संसद विघटन र लोकतन्त्र समाप्त गर्ने वकालत गरेको उनको आरोप थियो ।
कुलमान घिसिङलाई पनि उहाँले भ्रष्टाचार र अनियमिततासँग जोड्दै उर्जा मन्त्रालयका डाटा बेचेर अर्बौं कमिसन खाने, लोडसेडिङ गराउने खेलमा संलग्न भएको आरोप लगाए । यी पात्रहरूले देशलाई अस्थिरतातर्फ लैजान खोजिरहेको बस्नेतको जिकिर छ । एमालेले यस्ता भ्रम र नक्कली हिरोहरूको आवरण चिरेर जनतामाझ जाने र आगामी दिनमा बहुमतसहित उदाउने दाबी बस्नेतको थियो ।
