sevenstartv.com २१ वैशाख २०८३, सोमवार

बालेन पक्षका २६ जना रास्वपाको केन्द्रीय सदस्य

२१ पुष २०८२, सोमवार स्टार संवाददाता

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) पक्षका २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

आइतबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्दै बालेनलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गरेको हो । रास्वपासँग भएको सहमतिअनुसार, बालेनको समूहबाट केन्द्रीय सदस्य बनेका नेताहरूले महामन्त्री र सहमहामन्त्री पनि पाउनेछन् । रास्वपा सभापति रवि लामिछाने र काठमाडाैंका मेयर बालेनबीच पुस १३ गते एकता गर्ने सहमति भएको थियो ।

त्यही सहमतिका आधारमा आइतबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले समायोजन गरेको हो । आइतबार मनोनित भएका केन्द्रीय सदस्यमा सुनिल लम्साल, भुवदेव शाह, अस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारू, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश गुरुङ, सन्तोष गिरी, डा. नमिता यादव, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, मधुसुदन ढकाल, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद रहेका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्