sevenstartv.com १० माघ २०८२, शनिवार

अमेरिकाद्वारा भेनेजुएलाको सार्वभौम सत्तामा हस्तक्षेप भएको खनालको टिप्पणी

जननिर्वाचित राष्ट्रप्रमुख नियन्त्रणमा लिइनु राष्ट्रसंघको बडापत्र विपरीत भएको शंकर पोखरेलको तर्क

२० पुष २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिने कार्य राष्ट्रसंघको बडापत्र विपरीत भएको बताएका छन् । 

महासचिव पोखरेलले यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य विषय हुन नसक्ने बताएका हुन् । यस्तै, पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमण अपराधपूर्ण भएको जनाए ।  

उनले प्रेस विज्ञप्ति जारी गर्दे भेनेजुएला र राष्ट्रपति मदुरोमाथि अमेरिकी प्रशासनले धेरै अघिदेखि गिद्धेदृष्टि लगाइरहेको बताउँदै भेनेजुएला विश्वकै सबैभन्दा ठूलो तेल भण्डार भएको देश भएकाले अमेरिकीहरूले भण्डार कब्जा गर्न र लुट्न चाहेको टिप्पणी भएको बताए । 

उनले मदुरोको सरकार यसका लागि सबैभन्दा ठूलो अवरोध बनेकाले अवरोध पन्छाउन ट्रम्प प्रशासनले ‘ड्रग ट्राफिकिङ’को फुट र नक्कली बहाना सिर्जना गरेर एउटा देश र त्यसका वैधानिक रुपले निर्वाचित राष्ट्रपतिमाथि पासाविक पाराले आक्रमण र अपहरण गरेको जिकिर गरे । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्