sevenstartv.com १० माघ २०८२, शनिवार

महाधिवेशन विवादबारे धारणा तय गर्न शेखर समूह जुट्यो छलफलमा

१९ पुष २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । महाधिवेशन विवादबारे धारणा तय गर्न नेपाली कांग्रेसको डा.शेखर कोइराला पक्ष छलफलमा जुटेको छ । 

विशालनगरस्थित कोइरालाको सचिवालयमा यो पक्षको बैठक जारी छ । छलफलमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलगायत ४० भन्दा बढी केन्द्रीय सदस्य सहभागी रहेको एक नेताले जानकारी दिएका हुन् । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो बसेको कार्यसम्पादन समिति बैठकले आगामी वैशाख २८ देखि ३१ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्ने निर्णय बहुमतले गरेपछि शेखर समूह छलफलमा जुटेको हो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्