sevenstartv.com १० माघ २०८२, शनिवार

मुलुकको अध्यागमन प्रणालीलाई थप व्यवस्थित र आधुनिकीकरण गर्न अपरिहार्य रहेको छ : गृहमन्त्री अर्याल

१७ पुष २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको अध्यागमन प्रणालीलाई थप व्यवस्थित र आधुनिकीकरण गर्न अपरिहार्य रहेको बताएका छन् । 

बिहीबार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गर्दै गृहमन्त्री अर्यालले विश्वव्यापी रूपमा अन्तरदेशीय तथा सीमापार अपराधहरू बढिरहेको उल्लेख गर्दै ती अपराधहरू न्यूनीकरण तथा नियन्त्रण गर्न राष्ट्रिय सुरक्षा व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन जरुरी रहेको बताएका हुन् । 

नेपाली नागरिकहरूको विदेश प्रस्थानलाई व्यवस्थित गर्न केन्द्रित रहेको अध्यागमन प्रणालीको प्राथमिकता अब समयको मागसँगै विदेशी नागरिकहरूको आवागमन व्यवस्थित गर्नमा केन्द्रित हुन आवश्यक रहेको उनको भनाइ छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्