sevenstartv.com २० वैशाख २०८३, आइतवार

नेपाल आयल निगम डिपोका कर्मचारीको हत्या

१४ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगम डिपोका ज्यालादारी कर्मचारीकाे हत्या भएको छ ।

सिरहाको सिरहानगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश बर्माको हत्या भएको हो । आज बिहान साढे १० बजेतिर आयल निगमको एउटा कोठामा वादविवादको क्रममा उनको हत्या भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

घटनामा संलग्न भएको भन्दै प्रहरीले प्रकाश यादवलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्