sevenstartv.com १० माघ २०८२, शनिवार

सिरहासहित तराई–मधेशमा चिसोको कहर, जनजीवन प्रभावित

१४ पुष २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । विगत केही दिनदेखि तराई मधेसका जिल्लामा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ ।

बाक्लो हुस्सुसँगै अत्यधिक चिसो बढेपछि सिरहासहित आसपासका जिल्लामा जनजीवन प्रभावित भएको छ। बिहान र बेलुकाको समयमा बाक्लोहुस्सु लाग्दा दैनिक आवागमन, मजदुरी तथा विद्यालय सञ्चालनमा असर परेको छ । 

चिसोका कारण बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी तथा विपन्न नागरिकहरू सबैभन्दा बढी प्रभावित भएका छन । जाडो अत्यधिक मात्रामा बढेसँगै प्रमुख बजार र ग्रामीण भेगमा चहलपहल घटेको छ । बाक्लो कुहिरोका कारणले ग्रामीण क्षेत्रमा यातायातका साधन चलेका छैनन् । 

बाक्लो कुहिरोका कारणले तेलहन, दलहन, आलु खेतीलगायतमा नकारात्मक असर पर्नुका साथै पशु चौपायाह पनि प्रभावित हुन थालेका छन् । लगातारको चिसो सिरेटोले गाईवस्तुको आहार जुटाउन र स्याहारसम्भार गर्न सर्वसनधरणलाई कठिन भएको छ ।  

कठ्यांग्रिदो चिसोका कारण मजदुरहरुलाई काममा जान नसक्दा परिवार चलाउन समस्या परेको छ । यसैबीच, सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले चिसोबाट जोगिन सर्वसाधारणलार्इ विशेषसावधानी अपनाउन आग्रह गरेका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्