sevenstartv.com १० माघ २०८२, शनिवार

मुलुक निर्वाचनमा अघि बढिसकेको सञ्चारमन्त्री खरेलको जिकिर

१३ पुष २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले देश चुनावको बाटो हुँदै समृद्धि, सुशासन र विकासको मार्गमा अघि बढिसकेको बताएका छन् । 

मन्त्रालयले आइतबार पोखरामा आयोजना गरेको कार्यक्रममा बौल्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री खरेलले यो हप्ता सघन रुपमा दलहरु र जेनजी प्रतिनिधिसँग छलफल गरी निर्वाचनको तयारी भएको उल्लेख गरेका हुन् । 

मुख्य राजनीति दलका शीर्ष नेता र प्रधानमन्त्री सुशीला कार्कीबिचको छलफलले चुनावी वातावरण बनाउन ठुलो सहयोग पुगेको उनको भनाइ छ । फागुन २१ को चुनावपछि नयाँ मानक स्थापना गर्दै देश सुशासन, समृद्धि हुँदै सुन्दर भविष्यतर्फ अघि बढ्ने उनको विश्वास छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्