sevenstartv.com १० माघ २०८२, शनिवार

भागेर नभइ दृढताका साथ चुनौतीको सामना गर्नुपर्ने एमाले उपमहासचिव भट्टराईकाे तर्क

१३ पुष २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले भागेर नभइ दृढताका साथ चुनौतीको सामना गर्नुपर्ने बताएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच आगामी निर्वाचनमा सहकार्य गर्ने सहमती भएसँगै भट्टराईले यस्तो बताएका हुन् । 

उनले भट्टराईले राजनीतिमा बाह्य चुनौति थपिएको भन्दै यस्तो जनाए । उपमहासचिव भट्टराईले जतिसुकै चुनौती बढे पनि भागेर हैन सामना गरेर अघि बढ्ने दृढता व्यक्त गरेका छन् । 

यस्ता चुनौतीलाई सामना गर्न आन्तरिक एकता बलियो बनाउनु पर्ने भट्टराईको तर्क छ। उनले राष्ट्र र पार्टीका एजेण्डा बोक्न सबैलाई आग्रह गर्नुभएको छ।
कार्यशैली सुधार गरेर विगतका कमीकमजोरी सच्याउदै अघि बढ्न उहाँले सबैलाई आग्रह गरेका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्