sevenstartv.com १० माघ २०८२, शनिवार

तराईका केही ठाउँमा आज दिनभर हुस्सु लाग्ने

१२ पुष २०८२, शनिवार स्टार संवाददाता

काठमाडाैं । तराईका केही ठाउँमा आज दिनभर हुस्सु लाग्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई क्षेत्रमा अहिले बिहान हुस्सुरकुहिरो लागेको छ ।

दिउँसो पनि तराईमा हुस्सुको प्रभाव कायमै रहनेछ । देशभर पश्चिमी वायूको आंशिक प्रभाव छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिक बदली रहेको महाशाखाले जनाएको छ । बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

चिसोले विशेषगरी तराईरमधेशमा जनजीवनसँगै पशुचौपाया र कृषि बालीमा पनि असर पुर्याएको छ । पुस लागेसँगै शुरू भएको चिसो थप बढेपछि सर्वसाधारण, पशुचौपाया तथा कृषि बाली सबैजसो क्षेत्र प्रभावित बनेको छ । काठमाण्डौ उपत्यकासहित देशका अरु ठाउँमा पनि चिसो छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्