sevenstartv.com १० माघ २०८२, शनिवार

चिसोका कारण महोत्तरीकाे जनजीवन प्रभावित

११ पुष २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रका नागरिकको जनजीवन प्रभावित भएको छ ।

शीतलहर, चिसो कठ्याग्रिङ्दो हावा, हुस्सु र बाक्लो कुहिरोका कारण यही पुस ४ गतेदेखि मौसम प्रतिकूल हुँदा सर्वसाधारणका साथै पशुचौपाया, पशुपक्षी तथा बालीनाली सबै प्रभावित भएका छन् । निरन्तरको बढ्दो जाडोका कारण यो वर्ष कुनै मानवीय क्षति नभए पनि जिल्लाको मध्यवर्ती, पश्चिमवर्ती तथा पूर्व दक्षिणवर्ती विभिन्न गाउँबस्तीका सर्वसाधारणको दैनिकी कष्टकर बनेको स्थानीय बताउँछन् ।

चिसोका कारण मानिसले कुनै पनि कामकाज गर्न पाएका छैनन् भने बालबालिका र वृद्धवृद्धा बिरामी हुने क्रम बढेको प्रादेशिक अस्पताल जलेश्वरका प्रमुख डा। विकास साहले बताए । उनका अनुसार अस्पतालमा अहिले दैनिक १५० देखि २०० सम्म बिराम आउने गरेका छन् । बारी तथा खेतमा लगाइएको हिउँदेबाली, दलहन र तरकारी पनि चिसोका कारण कुहिन थालेका किसानले बताएका छन् ।

चिसोका कारण जिल्ला सदरमुकाम जलेश्वरसहित सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । जिल्लाका निजी क्लिनिक, स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा चिसोका बिरामीको सङ्ख्या वृद्धि भएको प्रादेशिक अस्पतालका प्रमुख डा।साहले बताए । बढ्दै गरेको चिसोलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यस्थापन समितिले जिल्लाका १५ वटै पालिकालाई आइपर्ने विपद्सँग जुध्नका लागि तयार भएर बस्न निर्देशन दिएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्