sevenstartv.com १० माघ २०८२, शनिवार

विपद् जोखिम न्युनिकरण गर्न पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्नेमा सरोकारवालाहरूकाे जोड

१० पुष २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । विपद् जोखिम न्युनिकरण गर्न पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

‘पूर्वानुमानमा आधारित प्रतिकार्यसम्बन्धी राष्ट्रिय कार्यढाँचा’ (मस्यौदा) माथि भएको छलफलका क्रममा विज्ञ तथा सरोकारवालाहरूले विपद्सम्बन्धी प्रभावकारी सूचना आमनागरिकसम्म पुग्नुपर्नेमा जोड दिएका हुन् । समयमै र प्रभावकारी रूपमा विपद्सम्बन्धी सूचना तल्लो तहसम्म नपुग्दा क्षति न्युनिकरण गर्न कठिन भइरहेको उनीहरूको निष्कर्ष छ ।

 अन्तरदेशीय सूचना प्रणाली आवश्यक’ नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोषकुमार भट्टराईले अर्ली वार्निङ सूचना समयमै समुदाय तहसम्म पुग्न नसक्दा अपेक्षित रूपमा क्षति न्युनिकरण गर्न नसकिएको बताए । उनले विपद्सम्बन्धी पूर्वसूचना प्रणालीलाई देशभित्र मात्रै नभई अन्तरदेशीय सूचना प्रणालीमा पनि सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्