sevenstartv.com १९ वैशाख २०८३, शनिवार

चट्याङ लागेर दुईजना घाइते

१४ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सुनसरीको कोशी गाउँपालिका-४ मा बिहीबार चट्याङ लागेर दुईजना घाइते भएका छन् । स्थानीय ५० वर्षीय हदिस मियाँ  र १८ वर्षीय अक्रम मियाँ घाइते भएका हुन् । 

माछा मार्ने क्रममा हुरीबताससँगै परेको चट्याङबाट उनीहरू घाइते भएका थिए । अक्रमको अवस्था गम्भीर रहेको छ । दुवैको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्