sevenstartv.com १० माघ २०८२, शनिवार

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

१० पुष २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो तराई भूभागमा हुस्सु तथा कुहिरो लाग्नेछ । कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

राति देशका तराई भूभागमा हुस्सु लाग्नेछ । कर्णाली, सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्