sevenstartv.com ९ चैत २०८२, सोमवार

पाँचथर विस्फोट : २ जनाको मृत्यु, २ घाइते

१४ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका-५ मा बिहीबार साँझ भएको विस्फोटमा परी २ जनाको मृत्यु भएको छ । विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएका चार बालबालिका मध्ये २ वर्षीया प्रिन्सा साँवा र दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो ।

११ वर्षीय पबन राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । ७ वर्षीय दिपशन राई सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

डाडागाउँ भन्ने स्थानमा आइतराज केरुङको घरमा विष्फोट भएको थियो । सुरक्षा निकायले यसलाई ‘होममेड ग्रिनेट’ को विस्फोट भएको अनुमान गरेको छ । नेपाली सेनाको टोलीले पुष्टि गर्नुपर्ने प्रहरीले जनाएको छ ।

विस्फोटसँगै स्थानीय त्रसित भएका छन् । घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको र थप विवरण आइनसकेको प्रहरीले जानकारी दिएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्