sevenstartv.com ९ माघ २०८२, शुक्रवार

इस्ट बंगालसँग लिगको अन्तिम खेल खेल्दै एपीएफ

२ पुष २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपमा  नेपाल एपिएफ क्लब र इस्ट बङ्गाल फुटबल क्लबले आज लिगको अन्तिम खेल खेल्दैछन् । 

यी दिईबीच नै शनिबार फाइनल खेल्ने पक्का भइसकेको छ। राउन्ड रोविन लिगको एक खेलअगावै यी दुई टोलीले फाइनल समीकरणमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । लिगको अन्तिम खेलमा दुबैले एकअर्कासँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ६ बजे खेल्नेछन । 

दुबै टोली प्रतियोगितामा अपराजित छन्। पछिल्ला तीन खेलमा एपिएफले सात अंक जोड्दा इस्ट बङ्गालले शतप्रतिशत जित हासिल गरेको छ । बङ्गालले प्रतियोगितामा सर्वाधिक १३ गोल गरेको छ । एपिएफले पछिल्ला दुई खेलमा गोलका लागि निकै संघर्ष गर्नुपरेको छ। पहिलो खेलमा नासरिनको चुनौती ४–० ले पन्छाएको एपिएफले त्यसपछि एक गोल गर्न सक्यो ।

नासरिनको पोस्टमा पाँच गोल गरेकी स्ट्राइकर अजिला इक्वापुट बङ्गालकी हतियार हुन्। एपिएफको रक्षापङ्क्ति उनको विशेषताप्रति सजग रहन आवश्यक छ ।एपिएफकी स्ट्राइकर रश्मिकुमारी घिसिङलाई फाइनलअघि गोल स्कोरिङ लयलाई कायम राख्ने चुनौती हुनेछ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्