sevenstartv.com २ पुष २०८२, बुधवार

काठमाडौं उपत्यकामा बढ्यो चिसाे

१ पुष २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । पुस महिना लागेसँगै काठमाडौं उपत्यका लगायत देशभरको तापक्रम घट्दो क्रममा छ । जसका कारण बिहान र बेलुकाको समयमा काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसमा झरेको छ । आज बिहान गरिएको मापन अनुसार न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


उपत्यकामा बिहानको समयमा विभिन्न काममा निस्कने मानिसहरूले बाक्लो कपडा लगाउन सुरु गरिसकेको अवस्था छ । विभिन्न चोकचोकमा आगो बालेर ताप्ने क्रम पनि सुरु भइसकेको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्