इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी विजयी
काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ। सिटीले क्रिस्टल प्यालेसमाथि महत्त्वपूर्ण जित निकालेको हो । क्रिस्टललाई सिटीले उसको घरेलु मैदानमा ३–० गोल अन्तरले पराजित गरेको हो ।
सिटीको जितमा स्टार स्ट्राइकर इर्लिङ हलान्डले दुई गोल गरे । उनले खेलको ४१ मिनेटमा टिमका लागि पहिलो गोल गरेका हुन् भने खेलको अन्तिम मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। उनको दोस्रो पेनाल्टी गोल थियो ।
सिटीका लागि खेलको ६९ मिनेटमा फिल फोडेनलले थप एक गोल गरेका थिए । यो जितसँगै सिटीले १६ खेलबाट ३४ अंक जोडेको छ। शीर्ष स्थानको आर्सनलको समान खेलमा ३३ अंक छ ।

.gif)