बाँकेमा बस दुर्घटना : २ जनाको मृत्यु, २७ घाइते
काठमाडौं । बाँकेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् । दाङको तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र वर्ष २४ का बसका सहचालक सन्तोष भुसालको मृत्यु भएको हाे ।
आज दाङबाट नेपालगन्जतर्फ गइरहेको भे १ ख २१२८ नम्बरको यात्रुवाहक बस बाँकेको गनापुरमा भन्ने स्थानमा दुर्घटना भएको हो । घाइतेहरूको नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बस अत्यधिक गतिमा रहेका कारण अनियन्त्रित भएर पल्टेको प्रहरीले जनाएको छ ।
