अछामको साँफे-मार्तडी सडक अवरुद्ध
काठमाडौं । लगातारको वर्षाका कारण अछामको साँफे-मार्तडी सडक अवरुद्ध भएको छ । साँफेबगर नगरपालिका-१३ स्थित बुढाबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
निरन्तर पहिरो खसिरहेकाले बाटो खुलाउन जोखिम बनेको छ । पहिरोका कारण बाजुराबाट धनगढी र धनगढीबाट बाजुरा जान लागेका यात्रुवाहक बस वारिपारि रोकिएका प्रहरीले बताएको छ ।
सडक अवरुद्ध भएसँगै बाजुराबाट बाहिरिने र भित्रिने सवारीसाधन रोकिएका छन् ।
