एनपीएल सिजन २ को फाइनल शनिबार हुँदै, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को फाइनल शनिबार हुँदैछ । फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। यो खेल शनिबार दिउँसो ३ः३० बजे कीर्तिपुरमा सुरु हुँनेछ ।
बिहीबार दोस्रो क्वालिफायरमा लुम्बिनीले विरानगर किंग्सलाई ४० रनले हराउँदै फाइनलमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो । यसअघि पहिलो क्वालिफायरमा विराटनगरलाई नै ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल पुगिसकेको छ। रोचक के छ भने दुई क्वालिफायरबाट हार भोगेको विराटनगरले दुवै खेलमा सय रन कटाउन सकेन ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग ७८ रनमा समेटिएको विराटनगर दोस्रो क्वालिफायरमा लुम्बिनीसँग ९४ रनमा समेटिएको हो । बलिङ युनिटले महत्त्वपूर्ण जिम्मेवारी पूरा गरे पनि फाइनल पुग्नबाट विराटनगर रोकिनुमा ब्याटिङ लाइनको कमजोरी प्रमुख कारण बनेको छ । प्रतियोगिताको तेस्रो बन्दै विराटनगरले यस सिजनको यात्रा सकेको हो ।

.gif)