स्पेनिस ला लिगा : बार्सिलोनाको जित
काठमाडौं । स्पेनिस ला लिग अन्तर्गत भएको खेलमा बार्सिलोनाले शानदार जित निकालेको छ । बार्सिलोनाले एटलेटिको मड्रिडलाई ३/१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको सुरुवातमा १/० ले पछाडि परेको बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै शानदार जित निकालेको हो। खेल सुरु भएको १९ औं मिनेटमा मड्रिडका एलेक्स बाएनाले गोल गर्दै बार्सिलोनालाई पछाडि पारेका थिए। खेलको २६ औं मिनेटमा बार्सिलोनाका राफिन्हाले गोल गर्दै खेल बराबरीमा फर्काए ।
पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बार्सिलोनाले थप दुई गोल गरेको थियो । खेलको ६५ औं मिनेटमा डामी ओल्माले बार्सिलोनालाइर्ए अग्रता दिलाए भने ९० मिनेटपछिको अतिरिक्त समयमा फेरान टेरेसले थप गोल गर्दै ३/१ को शानदार जित दिलाएका हुन् ।
यो जितसँगै बार्सिलोना तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

.gif)