विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) २२ औं खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछन् । यो खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ ।
सन्दीप लामिछानेको कप्तानमा रहेको विराटनगर पाँच खेल खेल्दा ८ अंकसहित तेस्रो स्थानमा छ भने रोहित पौडेल कप्तान रहेको लुम्बिनी समान खेलमा चार अंकसहित छैटौं स्थानमा छ ।
आजको खेलमा विजयी भए विराटनगर एक खेल अगाडि नै प्लेअफमा पुग्नेछ भने प्लेअफको दौडमा सहभागी बन्न लुम्बिनीले आजको खेल जित्नै पर्ने दबाब छ ।

.gif)