नेपाली महिला फुटबल टोलीले चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज मैत्रीपूर्ण फुटबल खेल अन्तर्गत चाइनिज ताइपेइसँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार आज साँझ सवा ६ बजेदेखि शुरु हुनेछ । चाइनिज ताइपेइको महिला फुटबल टिम फिफा वरियतामा ४२औं स्थानमा छ भने नेपाल ८९औं स्थानमा रहेको छ ।
यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सविता रानामगर सहभागी छैनन् ।

.gif)