sevenstartv.com २१ मंसिर २०८२, आइतवार

नेपाल र यूएईबीच प्रतिस्पर्धा

१५ मंसिर २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । एसिसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुने भएको छ । 

पहिलो सेमिफाइनलबाट फाइनल प्रवेश गरेको नेपाल र दोस्रो सेमिफाइनलबाट फाइनल पुगेको आयोजक यूएईबीच बिहान १०ः३० बजे यूएईको अजमानस्थित करवान मैदानमा प्रतिस्पर्धा हुँदैछ।

मलेसियालाई नौ विकेटले हराउँदै नेपाल फाइनल पुगेको हो। यूएईले भने ओमानलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन्। प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ ।

सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ । तेस्रो स्थानका लागि सोमबार मलेसिया र ओमान खेल्दैछन् । प्रतियोगितामा १४ टोलीको सहभागिता थियो। यु१९ एसिया कप आगामी डिसेम्बरमा युएईमा हुँदैछ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्