कांग्रेसकै कारण नेपालको संविधान महिलाको पक्षमा बनेको हो : कांग्रेस सहमहामन्त्री डिना
काठमाडौं । सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले नेपाली कांग्रेसले महिलाको आवाजलाई सम्बोधन गरेकै कारण नेपालको संविधान महिलाको पक्षमा बनेको बताएकी छन् । नेपाल महिला संघ ललितपुरद्वारा हरितालिका तिजको अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिदै उनले यस्तो बताएकी हुन् ।
कांग्रेसका पदधिकारीहरुले प्रोत्साहन गरेकै कारण नेपालको संविधानमा प्रमुख उपप्रमुख राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख जस्ता कार्यकारी पदहरूमा महिलाको सहभागिता र स्थानीय तहमा ५० प्रतिशत बनाउनै पर्छ भनेर कांग्रेसले नै लेख्न दबाब दिएको उनको दाबी छ ।
कानुनमा लेखिए पनि महिलाहरूले भनेको जस्तो विषयहरू कार्यान्वयनमा नभएको उल्लेख गर्दै उनले संविधानमा उल्लेख भएको विषयवस्तु कहाँ गएर रोकिएको छ भनेर बुझन जरुरी रहेको बताएकी छन् ।
