राप्रपाकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ ०० बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।
बैठकमा समसामयिक परिस्थितिको विश्लेषण गर्दै पार्टीको रणनीति बनाउने, आसन्न केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने र पार्टीभित्र आन्तरिक एकता कायम गर्दै सबै तहको अधिवेशन सम्पन्न गर्ने विषयमा छलफल हुने छ ।
त्यस्तै एजेन्डा केन्द्रित कार्यक्रम अघि बढाउने, चुनाव भइहालेमा चुनावी तयारी कसरी गर्ने भन्ने लगायतका विविध विषयमा छलफल हुने बताइएको छ।

.gif)