sevenstartv.com १८ वैशाख २०८३, शुक्रवार

पाल्पामा आज ऐतिहासिक भगवती जात्रा, राष्ट्रपति पौडेल जाँदै

११ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । जितगढी युद्धको सम्झनामा आज रणउजिरेश्वरी भगवतीको रथयात्रा (भगवती जात्रा) निकालिँदै छ । दिउँसो साढे १२ बजे रथ उठाउने साइत जुरेको छ । 

जात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल जाँदैछन् । उनी बिहान ११ बजे तानसेन पुग्ने बताइएको छ । जात्राको अवलोकनसँगै राष्ट्रपतिले भगवती मन्दिरमा पूजा-आराधना गर्ने कार्यक्रम तय भएको छ । पाल्पाबाट निर्वाचित जनप्रतिनिधि लगायतका सरोकारवाला निकायसँग भेटघाट गर्ने कार्यक्रम तय भएको जनाइएको छ । 

भगवती जात्रा अवलोकनका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य पनि उपस्थिति हुने भएका छन् । प्रदेशका मन्त्री र जिल्लाका संघीय सांसद्को जात्रामा सहभागिता रहने छ । जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक बिदा दिएको छ। 
 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्