आजकाे माैसम : यी प्रदेशमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना
काठमाडाैं । आज देशभर आंशिक देखि साधारणतया बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राती देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

.gif)