sevenstartv.com १९ वैशाख २०८३, शनिवार

राष्ट्रपति पौडेलले गरे  पाटनको कृष्ण मन्दिरमा पूजा

१० भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल श्रीकृष्ण जन्माष्टमी पर्वको उपलक्ष्यमा सोमबार ललितपुरको पाटनस्थित  प्रसिद्ध कृष्ण मन्दिर पुगेर भगवान श्रीकृष्णको पूजाअर्चना गर्नुभएको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट भगवान् श्रीकृष्णको टीका र प्रसाद ग्रहण गर्नुभयो ।

राष्ट्रपति पौडेल पाटन कृष्ण मन्दिर  पुग्नुहुंदा ललितपुर महानगरपालिकाका पदाधिकारीहरू, सांसदहरूलगायतले  स्वागत गरेका थिए ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदै छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्