sevenstartv.com १९ वैशाख २०८३, शनिवार

स्नुकर हाउस सञ्चालक रुपक बान्तवाकाे हत्या

१० भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं ।  ‘टाइमपास स्नोकर हाउस’ का सञ्चालक  रुपक बान्तवाको हत्या भएको छ । आइतबार काठमाडौं महानगरपालिका ३१ शंखमुलमा ४० वर्षीय रुपक बान्तवाको हत्या भएका हो । 

गएराति पौने २ बजेतिर आफ्नै स्नुकर हाउसमा उनीमाथि धारिलो हतियार तथा फलामजन्य वस्तुबाट आक्रमण भएको प्रहरीले जनाएको छ । राति १ः५० मा प्रहरी वृत्त नयाँ बानेश्वरको टोली घटनास्थलमा पुगेको थियो । उनको टाउकामा गम्भीर चोट रहेको थियो । 


अचेत अवस्थामा भेटिएका बान्तवालाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा पठाइएकामा डाक्टरले साढे २ बजे मृत घोषणा गरेका थिए ।
 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्