sevenstartv.com ९ चैत २०८२, सोमवार

तानसेनमा कार दुर्घटना : एक जनाको मृत्यु

१० भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । पाल्पाको तानसेनबाट रानीमहल जाँदै गरेको भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भारतको उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्यु भएको हो । रानीमहलतर्फ जाँदै गरेको यूपी १४ डीएन १०४ नम्बरको कार गएराति पौने ११ बजेतिर तानसेन–१, स्थित नारायण डाँडामा दुर्घटनामा परेको हो । 

कार सडकबाट १५० मोटर तल खसेको प्रहरीले बताएको छ । कारमा सवार अन्य पाँचजना भने सकुशल छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्